स्थायी सरकार सञ्चालनका लागि गठबन्धनः उपप्रधानमन्त्री सिंह
पाेखरा | मंसिर १५, २०८१
पोखरा: उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याी सरकार सञ्चालनका लागि एमाले र नेपाली कांग्रेसले सहकार्य गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले स्थायी सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले गठबन्धन गरेको बताएका हुन् ।
‘६/६ महिनामा सरकार परिवर्तन हुँदा जनतामा राजनीतिक वितृष्णा आएको छ, स्थिरता सरकार सञ्चालनसँगै विकास निर्माणका कामलाई तिव्रता दिन हामी सरकारमा आएका छौं’, मन्त्री सिंहले भने, ‘हाम्रो सहकार्य २०८४ सम्म नै जान्छ, ७ बुँदे सहमति अनुसार नै अगाडि बढ्छौं ।’
मन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा बदल्न छलफल हुनेसमेत उल्लेख गरे ।
‘यो भन्दा अगाडि पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋण अनुदानमा बदल्न छलफल अगाडि बढेको छ । प्रधानमन्त्रीको चीन भ्रमण हामीले अर्थतन्त्र र विकासलाई ध्यानमा राखेका छौं’ उनले भने ।
उनले काठमाडौं–पोखरा सडक खण्ड निर्माण कार्यलाई तिव्रता दिनसमेत निर्माण पक्षलाई ध्यानाकर्षण गराइराखेको बताएका थिए ।

पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

